दफा २५
विवरण सच्याउन सक्ने
(१) यो ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण यस ऐनबमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा दरखास्त दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिएको दरखास्त प्राप्त हुन आएपछि स्थानीय पञ्जिकाधिकारीले सो सम्बन्धमा छानबिन गरी उपयुक्त देखिएमा दर्ता किताब र दर्ताको प्रमाणपत्रमा रहेको उमेर, नाम, थर वा अन्य विवरण सच्याई दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिमको विवरण सच्याएको जानकारी स्थानीय पञ्जिकाधिकारीले विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ। यसरी प्राप्त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको परिचय नम्बर रहेकोमा सो परिचय नम्बरमा रहेको त्यस्तो व्यक्तिको विवरणमा समेत सो विवरण सच्याउनु पर्नेछ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको दर्ता किताबमा र प्रदान गरिएको दर्ताको प्रमाणपत्रमा रहेको .कुनै व्यक्तिको उमेर एकपटक भन्दा बढी सच्याउन पाइने छैन।